पोखरा – कोरोना संक्रमणका कारण गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका प्रमुख तथा प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार तनहुँ र गोरखा जिल्लाका एक एक गरी थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको हो ।
गत बैशाख ८ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि मेडिप्लस अस्पताल पोखरामा भर्ना भएका तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -९ का ८३ वर्षीय संक्रमित पुरुषको सोमबार राति ११:२० बजे मृत्यु भएको छ ।
मृतक पुरुषमा निमोनिया र मुटु रोगको समस्या रहेको अस्पतालले जनाएको छ ।
यस्तै गोरखा जिल्ला पालुङटार नगरपालिका -५ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको छ ।
सोमबार मात्रै कोरोना पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
आज थप भएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २१७ पुगेको छ ।
सम्बन्धित खबर
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप २२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका