पोखरा – कास्कीका १८२ जनाको नमुना परीक्षण गर्दा पोखराका ९७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरी जम्मा ९७ जनामा कोरोना पुष्टि भएको हो ।
आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको संख्या ९ हजार ३०७ पुगेको छ ।
यस्तै कास्की बाहिर गण्डकीका अन्य जिल्लामा तनहुँका २१ जनाको परीक्षण गर्दा ३ जना पोजेटिभ, लमजुङका १३ जनाको परीक्षण गर्दा १ जना पोजेटिभ, नवलपुरका २६ जनाको परीक्षण गर्दा ३ जना पोजेटिभ, स्याङ्गजाका १९ जनाको परीक्षण गर्दा २ जना पोजेटिभ, पर्वतका १७ जनाको परीक्षण गर्दा २ जना पोजेटिभ र बाग्लुङका ३४ जनाको परीक्षण गर्दा ४ जना पोजेटिभ र म्याग्दी जिल्लाका २३ जनाको परीक्षण गर्दा १ जना कोरोना पोजेटिभ फेला परेका छन् ।
आज थपिएका ११३ संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ९ सय ५१ पुगेको छ, जसमा १००९ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २५ पुगेको छ ।
आजपनि गण्डकीमा थप दुई संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -९ निवासी ८३ वर्षीय पुरुष र गोरखा जिल्ला पालुङटार नगरपालिका -५ निवासी ६७ महिला रहेकी छन् ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण २१७ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित खबर
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप २२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका