गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार १ सय १३ जना थपिएसँगै सक्रिय संक्रमित संख्या १ हजार ९ पुगेको छ ।
सबैभन्दा धेरै कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमितमध्ये ८ सय ८२ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार कास्कीका ९७, बागलुङका ४, तनहुँ र नवलपुरका ३/३, स्याङ्जा र पर्वतका २/२, लमजुङ र म्याग्दीका १/१ जनामा कोरोनो पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकीमा संक्रमित संख्या १७ हजार ९ सय ५१ पुगेको छ । तीमध्ये १६ हजार ७ सय २५ जना निको भएका छन् ।
प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार तनहुँ र गोरखाका १/१ संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का ८३ वर्षीय पुरुष र गोरखाको पालुङटार नगरपालिका ५ की ६७ वर्षीय महिला छन् । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।
सम्बन्धित खबर
पोखरा रंगशाला व्यवस्थित तबरले सञ्चालन गरिने
पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’
सफल पोखरा म्याराथनको तयारी सुरू
जलवायु परिवर्तन हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता
नेपाल हाउस कास्कीद्वारा श्रमिकका सन्तानलाई ब्लाङ्केट प्रदान
पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका