काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को बरियतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले एकैचोटी ठूलो छलाङ मारेका छन् ।
पहिलोपटक बरियतामा पर्दा ९३ औं स्थानमा परेका कुशल त्यसपछि आज सार्वजनिक भएको बरियतामा निकै अगाडि पुगेका छन् । अहिले कुशल आइसीसी टि–२० ब्याटिङ बरियतामा ६१ औं स्थानमा आइपुगेका छन् ।
चोटका कारण त्रिदेशीय सिरिज खेल्न नपाएका पूर्वकप्तान पारस खड्का बरियतामा पछि खस्किएका छन् । यसअघि ८५ औं स्थानमा रहेका खड्का पछिल्लो बरियतामा ८८ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि छलाङ मार्दै ९४ औं स्थानमा आइपुगेका छन् । यसअघिको बरियतामा उनी शीर्ष १०० भित्र थिएनन् ।
त्रिदेशीय सिरिजमा सबैभन्दा धेरै १३ विकेट लिए पनि सन्दिप लामिछाने भने एक स्थान पछि खस्किएका छन् । यसअघि ७६ औं स्थानमा रहेका उनी अहिले ७७ औं स्थानमा पुगेका छन् । अल राउण्डरतर्फ भने नेपालका कुनै पनि खेलाडीले शीर्ष १०० मा स्थान बनाउन सकेका छैनन् । टि–२० टिमतर्फ नेपाल १४ औं स्थानमा छ ।
सम्बन्धित खबर
विमानस्थलबाट साढे ६ केजी सुन बरामद
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु
धादिङ केन्द्रविन्दु भएर भूकम्प
बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु
आजको मौसम पूर्वानुमान
बेलायतमा रोजगारीका लागि ४५ नेपाली नर्स छनोट
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका