पोखरा – पछिल्लो २४ घण्टामा कास्कीका १७३ सहित गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १०१८ जनामा गरिको परीक्षणमा थप ३०८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जस अन्तर्गत कास्कीका ७०४ जनाको परीक्षण गर्दा १७३ जना, तनहुँका २३ जनाको परीक्षण गर्दा ७ जना, गोरखाका ११७ जनाको परीक्षण गर्दा ४६ जना, नवलपुरका ३० जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ६३ जनाको परीक्षण गर्दा ४१ जना, पर्वतका १५ जनाको परीक्षण गर्दा ५ जना, बाग्लुङका ३२ जनाको परीक्षण गर्दा १७ जना, म्याग्दीका १७ जनाको परीक्षण गर्दा ११ जना र मुस्ताङ जिल्लाका ८ जनाको परीक्षण गर्दा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २५९ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या बढेर १२८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।
मृतक बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका -११ निवासी ६१ वर्षीया महिला र गोरखा जिल्ला गोरखा नगरपालिका -१४ निवासी ५५ वर्षीय संक्रमित पुरुष रहेका छन् । थपिएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी