कोभिड संक्रमणपछि चरक मेमोरियल अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री र अर्थमन्त्रीले भेट्न पाएनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङ बेलुकी चरक अस्पताल पुगेका थिए । अस्पतालका एमडी कपिल पोखरेलले स्वास्थ्य अवस्थाबारे जानकारी गराएपनि भेट्न भने नमिल्ने बताए ।
पोखरेलले शाही कोरोना संक्रमित भई आइसियुमा रहेको हुँदा यस्तो बेला भेट्न नमिल्ने भन्दै मन्त्रीद्वयलाई ब्रिफिङपछि माफी चाहन्छु भन्दै भेट नदिई फर्काइदिएका थिए । यसअघि कांग्रेस र जनमोर्चाका नेताहरूले पनि सांसद शाहीलाई भेट्न पाएका थिएनन् ।
जनमोर्चा गण्डकी अध्यक्ष शंकर बरालले सांसद शाहीको बिरामी प्रकरणमा षड्यन्त्रको गन्ध आएको प्रतिक्रिया दिएका थिए । उनले भेट्न नपाएपछि अस्पताल प्रशासन र जिल्ला प्रशासनसँग आक्रोश पोखेका थिए ।
काँग्रेसकी सांसद मनकुमारी गुरुङ पनि सोहि अस्पतालमा भर्ना भएकी छन् । उनको बारे पनि मुख्यमन्त्रीले चासो राखेका थिए ।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने दिन बुधबारै उनी अनुपस्थित भएका थिए । अविश्वासको पक्षमा रहेको जनमोर्चाका प्रदेशसभा सदस्य शाही अनुपस्थित हुने पक्का भएपछि सभामुख नेत्रनाथ अधिकारीले सदन स्थगित गरिदिएका छन् ।
परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी निर्णय भएको अवस्था छ । अब उनको स्वास्थ्य अवस्था सामान्य नभई संसद चल्ने अवस्था देखिँदेन । सभामुखले समय नतोकी सदन स्थगन गरेका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो