काठमाण्डौ – कोरोना माहामारीको दोस्रो लहर शुरु भएसँगै सरकारले जारी गरेको निषेधाज्ञाको समयमा पनि उद्योग सञ्चालन गर्न पाउने सहमति भएको छ ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग सचिव अर्जुन पोख्रेल, वाणिज्य सचिव दिनेश भट्टराई, काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन वटै जिल्लाका सीडीओ तथा उद्योग वाणिज्य क्षेत्रका संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिबीच भएको छलफलपछि उक्त सहमति भएको हो ।
जसमा अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगका कर्मचारीको आवगमनका लागि सम्बन्धित उद्योगले जारी गरेको परिचय पत्रसँगै उक्तउद्योगले निषेधाज्ञा अवधिभर काम गर्न लगाइएको व्यहोराको आधिकारिक पत्र समेत कर्मचारीलाई उपलब्ध गराउनुपर्नेछ ।
साथै उक्त उद्योगले उत्पादन गरेको सामानको विवरण खुलाई अत्यावश्कीय वस्तु भएको र यसको उत्पादन र ढुवानीमा सम्बन्धित कर्मचारी संलग्न भएको व्यहोरा समेत उल्लेख भएको हुनुपर्नेछ ।
उक्त उद्योगका कर्मचारीले परिचय पत्र र उक्त पत्र देखाएर आवतजावत गर्न सक्नेछन् । भने, अत्यावश्यकीय वस्तु बाहेकका उद्योगले सञ्चालन गर्न चाहेमा अनुमतिका लागि उद्योग विभागमा निवेदन दिनुपर्नेछ ।


सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन