पोखरा – पछिल्लो २४ घण्टामा पोखरा महानगरमा ७९ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कास्कीका २५३ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरका ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज थपिएका संगै कास्कीमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ५९ पुगेको छ ।
यस्तै कास्की बाहेक गण्डकीका अन्य जिल्लामा तनहुँमा ५ जना, गोरखामा १ जना, लमजुङमा २ जना, नवलपुरमा १५ जना, स्याङ्गजामा ४ जना, पर्वतमा १ जना, बाग्लुङमा ४ जना र म्याग्दी जिल्लाका थप १ जना गरी गण्डकीमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ३ सय ७१ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या १ हजार ३४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्ग्या १६ हजार ८ सय १० पुगेको छ ।
गत २४ घण्टामा कास्कीका थप दुई जनाको मृत्यु पुष्टि भएको छ । मृतक पोखरा महानगरपालिका -१४ निवासी ४३ वर्षीय पुरुष र पोखरा -७ निवासी ८९ वर्षीया महिला रहेकी छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप २२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका