पोखरा । हरेक जसो कार्यक्रममा प्रमुख वक्ता नै प्रमुख आमन्त्रित व्यक्ति हुने गर्दछन् । तर, मन्त्री पद सम्हालेपछि पहिलो औपचारिक कार्यक्रममा नै राजिव गुरुङ (दीपक मनाङे) नबोल्दा कार्यक्रमका सहभागीहरु दंग परे ।
विभागीय मन्त्रालय सम्हालेका कारण कास्की जिल्ला खेलकुद विकास समितिको शुक्रबार पदस्थापन समारोहमा मन्त्री गुरुङलाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । उनकै समुपस्थितिमा नयाँ समितिका पदाधिकारी सदस्यहरुलाई पदभार ग्रहण गराइएको थियो । तर, उनले प्रमुख अतिथिको मन्तव्य दिएनन् । ‘किन नबोल्नुभएको ?’ भन्ने प्रश्नमा उनले उठ्दा उठ्दै भने – ‘हैन, नबोलेको हैन, बोलिरहेको छु । अघि पनि बोले, अहिले पनि बोल्छु । यो बोलेर हुने होइन क्या, काम गर्ने हो ।’
मन्त्री गुरुङ नबोल्ने मान्छे भने होइनन् । कार्यक्रम सुरु हुनुअघि झण्डै ४५ मिनेट क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षको कार्यकक्षमा राखेप सदस्य राजेश गुरुङलगायतसँग गफिएका थिए ।
कार्यक्रमपछि पनि झण्डै आधा घण्टा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष तोरण बानियाँ, उपाध्यक्ष महेन्द्र गुरुङ (शिव), सचिव भीम पराजुली, कोषाध्यक्ष कञ्चन थापा लगायत खेलकुदकर्मीसँग गफिए ।पोष्ट म्याच कन्फरेन्स जस्तो गत महिना सम्पन्न आहा रारा गोल्डकपबारे आफ्नो टीम मनाङ मस्र्याङ्दीकै चर्चा गरे । विविध कुरा कोट्याएर अन्तिममा मनाङ मस्र्याङ्दी क्लब नै जोड्थे ।
सहारा क्लबको पनि चर्चा गरे । उनले क्लबलाई पैसा नदिने तर आश्रित बालबालिकाका लागि आवश्यक खाद्यान्न सामाग्री आफै खरीद गरिदिने समेत बताए । ‘सरकारले गर्नुपर्ने काम सहाराले गरेको छ । उसलाई सहयोग गर्ने हो । तर सरकारको पैसा बचाउनुपर्छ नि त । बच्चाहरुलाई खाने कुरा हामी नै किनिदिने हो ।’ गुरुङले फेरि मनाङ मस्र्याङ्दी जोडे ‘हामी मनाङ मस्र्याङ्दी नि सहयोग संकलन गरेरै चलाएको हो के ।’
उनले थपे – ‘सहाराको दरबार जस्तो घर रैछ । ल हेर्नुस् त हाम्रो प्रदेश सदस्य सचिवको बस्ने कार्यालय छैन ।’ उनले पत्रकारलाई क्यामेरा बन्द गर्न लगाउँदै भने – ‘पत्रकारहरुको अगाडि भन्नु हुन्न । ल क्यामेरा अफ गर्नुस् त ।’
उनी जेलका कुरा, त्यहाँको खाने कुराका बारेमा बोल्दै थिए, एक्कासी ‘ल अब उठौं’ भने । अनि, पोखरा रंगशाला निरिक्षणका लागि सबै बाहिरिए ।
कास्की जिल्ला खेलकुद समितिको पदस्थापना, नवनियुक्त मन्त्री गुरुङको आतिथ्यता (तस्वीरहरु)
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’