कास्की जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरुहरुले पदभार ग्रहण गरेका छन् ।
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पदस्थापना गरिएको हो ।
कास्की जिल्ला खेलकुदका नवनियुक्त अध्यक्ष तोरण बहादुर बानियाँ, उपाध्यक्ष महेन्द्र गुरुङ (शिव), सचिव भिम पराजुली, कोषाध्यक्ष कञ्चन थापा (कोइराला) लगायत सदस्यहरु कुमार थिङ, तिलक बहादुर अधिकारी, राजन बडगामी, साङ्ग्रिला केसी मरासिनी, रुम बहादुर गुरुङ, केशव बहादुर थापा, नारायण भण्डारी, मनिशा गुभाजु र नन्दकली नेपालीले पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा मन्त्री गुरुङले नवनियुक्त पदाधिकारी, सदस्यहरुलाई माला लगाएर बधाई दिएका थिए । औपचारिक कार्यक्रममा कुनै सम्बोधन नगरेका उनले अनौपचारिक रुपमा भने खेलकुदका आफ्ना अनुभवहरु सुनाएका थिए । उनले भने– ‘तपाईंहरुको प्रोब्लम सुन्ने म छु, तपाईंहरुलाई केही परे भन्नुस्, तपाईंहरुलाई काम गर्न त ईजी छ ।’

उनले पोखरा रंगशालाको समेत अवलोकन गरेका थिए । मन्त्री गुरुङ पोखरा रंगशाला पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले खेलकुद विकासका लागि मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सबैको सहयोगले नै पोखरामा सफल रुपमा सम्पन्न भएको बताउँदै आम खेलप्रेमीहरुले पोखरा रंगशालाको विकास भएको हेर्न चाहेको बताए । उनले राखेप र प्रदेश खेलकुद परिषद् मिलेर नवांै राष्ट्रिय खेलकुद सफल आयोजना गर्नुपर्ने धारणा राखे ।

गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले शान्ति र समृद्धिका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै समाजमा खेलकुद बारे चेतना जागृत गराउन आवश्यक रहेको बताए । खेलकुद आयोजनाका हिसाबले गण्डकी प्रदेश अग्रभागमा देखिए पनि नतिजामा कमजोर रहेको जिकिर गर्दै गण्डकी प्रदेशको शाखलाई माथि उठाउन प्रदेश खेलकुद परिषद् योजनावद्ध रुपमा अघि बढिसकेको बताए ।
नवनियुक्त अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद विकास नभएसम्म भौतिक विकासले मात्रै प्रदेशको विकास मापन गर्न नसकिने बताए । उनले खेलकुदमा निजी क्षेत्रको सहभागिता गराउँदै खेल र खेलाडीको विकासमा अघि बढ्ने बताए । उनले समाजका हरेक अङ्गलाई खेलकुद विकासमा जोड्नु पर्ने अहिलेको आवश्यकता रहेको औँल्याउँदै त्यसका लागि सबैको सहयोगमा आफ्नो टीम अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कास्की जिल्ला खेलकुद विकास समितिका नवनियुक्त उपाध्यक्ष महेन्द्र गुरुङले खेलाडीलाई सुरक्षित वातावरण दिन सके त्यसले थप प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रमको सञ्चालन कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।


तस्वीरः सुदर्शन रञ्जित
मन्त्री मनाङे पहिलो औपचारिक कार्यक्रममा नै बोलेनन् !
सम्बन्धित खबर
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
अन्तर इक्यान राष्ट्रिय फुटसलमा पूर्वाञ्चललाई हराउँदै कास्की विजयी
मनुश्री भिग्नजीतमा दर्शिल र सारालाई दोहोरो उपाधि
पोखरामा क्लासिक सुईट्स टि– २० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते