कोरोनाभाइरसको दोस्रो लहरका कारण भारतको स्वास्थ्य सेवा चरम दबाबमा छ । यस्तो विकट स्थिति आएपछि अन्तर्राष्ट्रिय मिडियामा मोदी सरकारको क्षमताका विषयमा प्रश्न उठ्न थालेका छन् । कतिपय पत्रिकाले पहिलो पृष्ठ वा कभरमा मसानघाटमा जलिरहेका शव, व्यस्त कब्रिस्तान, अस्पताल बाहिर पीडा भरिएका अनुहार लिएका मानिसको तस्वीर छापिरहेका छन् ।
आलोचना बढेपछि भारत सरकारले यी रिपोर्टहरू एकतर्फी भएको बताएका छन् । अन्य मुलुकमा खटिएका भारतीय राजदूत र उच्चायुक्तहरूसँगको भर्चुअल बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरले भारतका विषयमा अन्तर्राष्ट्रिय मिडियामा एकतर्फी रिपोर्टिङ आइरहेको बताए । मिडियाको यस भाष्यलाई जवाफ दिनुपर्ने उनको भनाइ छ ।
कोरोना संकटलाई सामान्य मान्दै चुनावी सभा र कुम्भ मेला आयोजना गरेको भन्दै भारत सरकारको आलोचना अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।
बैठकमा उपस्थित अधिकारीहरूका अनुसार, बैठक दुईवटा विषयमा केन्द्रित थियो । पहिलो, कोरोनाको सामना गर्नका लागि किन्नुपर्ने सामग्री । राजदूतहरूले ती सामग्री कसरी भारत पठाउने भनी सोधे । आयातकर र लजिस्टिकका औपचारिकताका विषयमा कुराकानी भएको थियो ।
दोस्रो, अन्तर्राष्ट्रिय मिडियामा भारतको कोरोना संकटसम्बन्धी खबरलाई काउन्टर । जयशंकरले मिडियामा नेगेटिभ खबरलाई दबाउने भन्दा पनि सरकारी पक्षको आवाज पनि समेट्नुपर्नेमा जोड दिएका थिए ।
संसारको कुनै पनि सार्वजनिक स्वास्थ्य विशेषज्ञले दोस्रो लहरको भविष्यवाणी नगरेको राजदूतहरूलाई जयशंकरले बताए । अनि पोहोर साल पहिलो लहरमा विकसित देशको स्वास्थ्य सेवा पनि ध्वस्त बनेको उनले बताए ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता
अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु
रुस–युक्रेन युद्धमा गण्डकीका ३ सहित ६ नेपालीको मृत्यु, एक जना युक्रेनमा बन्धक
भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका