कोरोनाभाइरसको दोस्रो लहरका कारण भारतको स्वास्थ्य सेवा चरम दबाबमा छ । यस्तो विकट स्थिति आएपछि अन्तर्राष्ट्रिय मिडियामा मोदी सरकारको क्षमताका विषयमा प्रश्न उठ्न थालेका छन् । कतिपय पत्रिकाले पहिलो पृष्ठ वा कभरमा मसानघाटमा जलिरहेका शव, व्यस्त कब्रिस्तान, अस्पताल बाहिर पीडा भरिएका अनुहार लिएका मानिसको तस्वीर छापिरहेका छन् ।
आलोचना बढेपछि भारत सरकारले यी रिपोर्टहरू एकतर्फी भएको बताएका छन् । अन्य मुलुकमा खटिएका भारतीय राजदूत र उच्चायुक्तहरूसँगको भर्चुअल बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरले भारतका विषयमा अन्तर्राष्ट्रिय मिडियामा एकतर्फी रिपोर्टिङ आइरहेको बताए । मिडियाको यस भाष्यलाई जवाफ दिनुपर्ने उनको भनाइ छ ।
कोरोना संकटलाई सामान्य मान्दै चुनावी सभा र कुम्भ मेला आयोजना गरेको भन्दै भारत सरकारको आलोचना अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।
बैठकमा उपस्थित अधिकारीहरूका अनुसार, बैठक दुईवटा विषयमा केन्द्रित थियो । पहिलो, कोरोनाको सामना गर्नका लागि किन्नुपर्ने सामग्री । राजदूतहरूले ती सामग्री कसरी भारत पठाउने भनी सोधे । आयातकर र लजिस्टिकका औपचारिकताका विषयमा कुराकानी भएको थियो ।
दोस्रो, अन्तर्राष्ट्रिय मिडियामा भारतको कोरोना संकटसम्बन्धी खबरलाई काउन्टर । जयशंकरले मिडियामा नेगेटिभ खबरलाई दबाउने भन्दा पनि सरकारी पक्षको आवाज पनि समेट्नुपर्नेमा जोड दिएका थिए ।
संसारको कुनै पनि सार्वजनिक स्वास्थ्य विशेषज्ञले दोस्रो लहरको भविष्यवाणी नगरेको राजदूतहरूलाई जयशंकरले बताए । अनि पोहोर साल पहिलो लहरमा विकसित देशको स्वास्थ्य सेवा पनि ध्वस्त बनेको उनले बताए ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु