कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्ने र मृत्यु पनि बढ्दै जान थालेपछि कास्कीमा पर्सीदेखि पूरै लकडाउन हुने भएको छ । कास्कीमा जारी खुकुलो निषेधाज्ञामा कडाइ गर्दै पूरै लकडाउन हुने भएको हो ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । नयाँ आदेश मंगलबारबाट लागु हुनेछ । बैशाख २१ गते विहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेशमा खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय छ । यी पसलहरु पनि सीमित समयका लागि मात्र खुल्नेछन् । औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन ।
यसअघि सार्वजनिक र निजी सवारी जोरबिजोर चलाउन पाइने निर्णय भए पनि अब अत्यावश्यकबाहेक सबै सवारी सञ्चालन बन्द हुने भएको हो । यसअघि रेस्टुरेन्टमा टेक अवे सेवा सञ्चालन गरिएकोमा त्यो पनि बन्द हुनेछ ।फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
निमार्ण सामग्री ढुवानी गर्ने सवारीले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न पाउने प्रजिअ गौतमले बताए । प्रशासनले उक्त अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”71040″ /]
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो