पोखरा – पोखरामा कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिरहेको छ । आइतबार मात्रै कास्कीका ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये ६ जना मादी गाउँपालिका, २ जना रुपा गाउँपालिका र २ जना अन्नपूर्ण गाउँपालिकाका छन् भने, अन्य सबै पोखरा महानगरका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो ४८ घण्टामा कास्कीका ६९१ जनाको नमुना परीक्षण गरिएकोमा ३६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज थपिएकासंगै कास्कीमा कोरोना संक्रमित जम्मा संख्या १० हजार ९० पुगेको छ ।
यस्तै पछिल्लो ४८ घण्टामा गण्डकीका अन्य जिल्ला तनहुँमा १४ जना, लमजुङमा ८ जना र नवलपुरका २९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै स्याङ्गजाका १०४ जना, पर्वतका ९ जना, बागलुङका ४ जना र म्याग्दीका २३ जना, मनाङका ४ जना र मुस्ताङ् जिल्लाका १३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ।
आज गण्डकीमा पुष्टि भएका ५७६ संगै कोरोना संक्रमितको कूल संख्या १९ हजार २२१ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या २ हजार ४३ छ ।
पछिल्लो ४८ घण्टामा गण्डकीबाट ६४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ९ सय ४६ पुगेको छ।
गण्डकीमा आइतबार ८ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ जना, दाङ जिल्ला राप्ती गाउँपालिका -५ घर भइ हाल पोखरा मेडिप्लस अस्पतालमा उपचाररत १ जना, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -३ का १ जना छन् भने अन्य सबै पोखरा महानगरका हुन्।
आज मृत्यु पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ भने, गण्डकीमा यो संख्या २३१ पुगेको निर्देशनालयले जनाएको छ ।













सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन