पोखरा । गण्डकी प्रदेशसभाको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ । तीन घण्टा बसेको समिति बैठकले आज कुनै निश्कर्ष निकाल्न सकेन ।
सत्तारुढ एमाले सांसद कृष्ण थापाले भोलि सभामुखसहित पाँच दलका नेतासँगको छलफलपछि मात्रै संसद बैठक मिति तय गरिने आजको बैठकमा सहमति भएको बताए ।
केही दिनअघि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छिनोफानो गर्ने गरी बोलाइएको संसद बैठक अनिश्चित कालका लागि स्थागित गरिएको छ । जनमोर्चा सांसद हराएको सूचनाका आधारमा सभामुखले १५ गते बैठक स्थगित गरेका थिए ।
सदन चलाउनकै लागि सभामुखले आइतबारबाट दलका नेताहरुसँग छलफल पनि गरिरहेका छन् । आइतबार सभामुख अधिकारीले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग भेटेका थिए । बिहान ११ बजे सांसद थापा र सभामुखबीच भेटवार्ता भएको थियो । थापासँग छलफल गर्नुअघि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेसँग फोनवार्ता गरेका थिए ।
एमालेले अविश्वास प्रस्तावको औचित्य सकिएकाले विशेष अधिवेशन अब चल्न नसक्ने बताउँदै आएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । धरमरमा रहेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्री बनाएर थप एक भोट सुरक्षित गरेका छन् ।
संसदमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा जनमोर्चाको मौखिक समर्थन र २८ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावमा ३२ सांसदको साथ छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन