Gandak News
Our News Your Views
Promote your business here Gandaknews

बागलुङमा एकैदिन ७१ संक्रमित फेला, कास्कीका ४६ सहित गण्डकीका थप २०३ जनामा कोरोना पुष्टि

पोखरा – पछिल्लो २४ घण्टामा गण्डकीका थप २०३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज गण्डकीका ७३८ जनाको नमुना  परीक्षण गरिएकोमा २०३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३४० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण देखिएको छ।

आज थपिएका संगै कास्कीमा कोरोना संक्रमितको संख्या १० हजार १३६ पुगेको छ।

यस्तै कास्की बाहिर गण्डकीका अन्य जिल्लामा बागलुङमा एकैदिन ७१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका १७० जनाको नमुना परीक्षण गरिएकोमा ७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पर्वतका १३ जनाको परीक्षणमा ५ जना र मनाङका ९ जनाको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ।

यता स्याङ्गजा जिल्लाका ३२ जनाको परीक्षण गर्दा १४ जना, तनहुँका २१ जनाको परीक्षण गर्दा २ जना, गोरखाका ४४ जनाको परीक्षण गर्दा २१ जना, लमजुङका १५ जनाको परीक्षण गर्दा २ जना र नवलपुरका ९४ जनाको परीक्षण गर्दा ३९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज गण्डकीमा पुष्टि भएकासंगै कोरोना संक्रमितको कूल संख्या १९ हजार ४२४ पुगेको छ, जसमा २ हजार १८३ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या १७ हजार ९ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २३१ जनाले ज्यान गुमाइसकेका छन्।

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस