नेपालको बैंकिङ क्षेत्रमा छोटो समयमा फड्को मारेको एनआईसी एसिया बैंकले कोरोना महामारीमा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेपछि कडा आलोचना भएको छ ।
सहकारीले समेत ब्याज घटाइरहेका बेला अत्यधिक ब्याजदर लिएपछि बैंकको कर्तुत अहिले सामाजिक सञ्जालमा छरपस्ट छ । बैंकको विराटनगर स्थित एक शाखाबाट घर कर्जा लिएका दिपेश/दिवस सुवेदीलाई बैंकले थमाएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा बोकेको बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको हो । कोरोना महामारीमा यसअघि बैंकले ब्याजदर सामान्य बचतमा १.५ प्रतिशत मात्र दिने गरेको थियो । अहिले बैंकले ३.२५ प्रतिशत दिने गरेको छ । ऋणीसँग भने बीचमै बढाएर झण्डै १६ प्रतिशत असुल्न लागेको देखिन्छ ।
‘क’ वर्गको एनआईसी एसिया जस्तो नाम चलेको बैंकले महामारीको मौका छोपी यतिधेरै ब्याजदर असुलेर कमाउ धन्दा गरिरहेको भन्दै विरोधका प्रतिक्रियाहरु देखिन्छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । कोरोनामा कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रिमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।
एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको हो । अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाण र टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
छोराको कुटपिटबाट बाबुको मृत्यु
बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका