पोखरा र पर्वतका थप दुई संक्रमितको मृत्यु पुष्टि

पोखरा र पर्वतका थप दुई संक्रमितको मृत्यु पुष्टि

corona-death

सांकेतिक तस्बिर ।

पोखरा – कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु पुष्टि भएको छ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगपालिका -२९ निवासी ४५ वर्षीय पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका -४ निवासी ८४ वर्षीय पुरुष रहेका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा -२९ का ४५ वर्षीय पुरुषको मंगलबार मणिपाल शिक्षण अस्पतालामा उपचारका क्रममा मृत्यु भएको हो।

गत बैशाख १८ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएका उनको मंगलबार उपचारकै क्रममा ज्यान गएको अस्पताले जनाएको छ।

यस्तै कुश्मा नगरपालिका -४ का ८४ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको छ।

गत बैशाख १९ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि जिल्ला अस्पताल भर्ना भएका उनको आज मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ