कास्की जिल्लामा पूर्ण लकडाउन गरेसँगै सुरक्षाकर्मीले कडाई पनि गरेको छ । एक हप्तादेखि जारी लकडाउन आजबाट मात्रै कडाई गरिएको हो । वैशाख १५ देखि सुरु निषेधाज्ञामा जोर विजोरका आधारमा सवारी सञ्चालन गर्न दिइएको थियो भने बजार पनि केही खुल्ला नै थिए । आजदेखि भने पोखरा सहितका मूख्य बजार क्षेत्रमा कडाई गरिएको हो ।
कास्की प्रशासनले आजदेखि ३१ गते राति १२ बजे सम्मका लागि थप आदेश सहित निषेधाज्ञा जारी गर्दै कडाई गरेको हो । पोखराका मूख्य सडकहरुमा अत्यावश्यक बाहेकका सवारीमा रोक लगाइएको छ । भित्री गल्ली तथा साना बाटाहरुमा भने कोरोनाको बेवास्ता गरेरै केही साना सवारी चलाएको भेटिन्छ ।
पोखरामा नयाँ भेरियन्टको कोरोना भाइरस सबै वडामा पुगिसकेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । संक्रमित र मृतकको संख्या बढिरहेका बेला पनि अझै सुरक्षा निकायको आँखा छल्दै बाहिर सडकमा निस्किरहेको पनि भेटिन्छ ।
प्रहरीले तपाईंको मास्क खै अभियान अन्तर्गत बाटोमा हिँड्नेहरुलाई मास्क पनि वितरण गरिरहेको छ भने बेकाममा डुल्नेहरुलाई घर जान अनुरोध गरिरहेका छन् । नमान्नेलाई होल्डिङ सेन्टरमा उभ्याइएको छ ।

कोरोनाको जोखिमलाई कम गराई चेनब्रेक गर्ने प्रशासनको निर्णय र आदेशलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनका लागि ६ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको र विभिन्न २१ वटा चेक पोइन्ट स्थापना गरी चेकजाँच भइरहेको कास्की प्रहरीले जनाएको छ । बिहान मात्रै १ सय बढी सवारी नियन्त्रणमा लिइएको छ । अत्यावश्यक बाहेकका पसलहरु बन्द गराउन प्रहरीहरु सिठ्ठी फुकेरै हिँडिरहेका छन् ।

यसैबीच, पोखरा भित्रने मूख्य नाकाहरुमा यात्रुहरुको बिचल्ली भएको छ । अन्य जिल्लाबाट आएका बसहरु तनहुँसम्म सहज रुपमा आएपनि कास्कीमा निषेधाज्ञा जारी भएकाले सहजै भित्रन पाएका छैनन् । यसले यात्रुहरुलाई समस्यामा पारेको छ । कोत्रे नाकामा दर्जनौं यात्रुवाहक बस रोकिएका छन् र यात्रुहरु कोहि हिँडेरै गन्तव्यसम्म लम्किरहेका छन् भने कोहि बस चल्ने आशमा बसभित्रै बसिरहेका छन् । उनीहरु घण्टौंदेखि त्यहीँ रोकिएका छन् ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो