८ घण्टा काममा दलाएर महिनाको १५ हजार, दिनको ५७७ रुपैंया दिन निजी क्षेत्रलाई किन गाह्रो ?

८ घण्टा काममा दलाएर महिनाको १५ हजार, दिनको ५७७ रुपैंया दिन निजी क्षेत्रलाई किन गाह्रो ?

women-worker

सरकारले आगामी साउन १ गतेबाट लागु हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक बढाउने निर्णय गरेपछि निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । सरकारको निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमै प्रकाशित गरिसकेको छ । सरकारी निर्णयअनुसार अब श्रमिकले न्यूनतम १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन् ।

मासिक १५ हजार, दैनिक पारिश्रमिकमा ५ सय ७७ रुपैयाँ, घण्टाको हिसाबले काम गर्ने श्रमिकले ७७ रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रूपैयाँ तोकिएको थियो ।

आफूहरुको सहमति बिनै न्यूनतम पारिश्रमिक तोकेको भन्दै निजी क्षेत्र रुष्ट बनेका हुन् । सरकारले एकलौटी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउन तथा निषेधाज्ञाले उद्योगहरुको आफ्नो व्यवसायमा असर गरिरहेको बेला अहिले तलब वृद्धि गर्नु उपयुक्त नभएको बताए । यसै विषयलाई लिएर आजै मात्र तीन वटा छाता संगठनको बैठक बसेको र आजै साँझ आवश्यक निर्णय गर्ने मल्लले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ