गण्डकीमा परीक्षण गरेका आधाजसोलाई कोरोना संक्रमण, कास्कीमा ५५% को पोजिटिभ नतिजा

गण्डकीमा परीक्षण गरेका आधाजसोलाई कोरोना संक्रमण, कास्कीमा ५५% को पोजिटिभ नतिजा

1823347687508_n

गण्डकी प्रदेशमा कोरोनाको दोस्रो लहरसँगै संक्रमित र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो समय परीक्षण गराएकामध्य आधाजसाको पोजिटिभ नतिजा आउन थालेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज मंगलबार २४ घण्टाको परीक्षणमा ९०३ जनामध्ये ४२९ जनाको नतिजा पोजिटिभ आएको छ । जुन झण्डै आधा अर्थात् ४७.५० प्रतिशत हो ।

यसमध्ये पनि कास्कीका आधा बढी छन् । कास्कीकै ५६५ जनाको परीक्षण भएकोमा ३१० जनाको पोजिटिभ आएको छ । जुन झण्डै ५५ प्रतिशत हो । २४ घण्टामा निको हुने ६३ जना मात्रै छन् । ३ जनाको मृत्यु पुष्टि भएको छ ।

यसअघि, आइतबार पनि गण्डकीका ११९० जनाको स्वाब परीक्षण गरिएकोमा ५७६ जनाको नतिजा पोजिटिभ आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds