पोखरा । गण्डकी प्रदेशसभा संचालन गने विषयमा सहमतिका लागि मंगलबार बसेको सर्वदलीय बैठकमा सहमति जुटेन । बैशाख १५ गते प्रदेशसभामा अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने समयमा राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता भएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेपछि आक्रोशित बनेको सत्तासीन एमालेले तत्काल प्रदेशसभा सञ्चालन गर्न नदिने भएको हो ।
पाँच दलको सर्वदलीय बैठकमा मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ सुरुमै सभामुख अधिकारीमाथि खनिए । माओवादी पार्टीको निर्देशनमा विशेष अधिवेशनलाई अनिश्चितकालका लागि स्थगित गरेको आरोप लगाउँदै गुरुङले सभामुखले संसदीय मर्यादा विपरित कार्य गरेकाले माफी माग्नुपर्ने भन्दै आक्रोश पोखे ।
कार्यव्यवस्थाको बैठक नै नराखी एक्कासी संसद स्थगित गर्नु संसदीय मर्यादाविपरीत कार्य भन्दै उनले अब कार्य व्यवस्थाको बैठक निषेधाज्ञापछि राख्ने प्रस्ताव गरेका थिए । मुख्यमन्त्रीले जेठ १ गते कार्यव्यवस्था परामर्शको बैठक र जेठ २ गते संसद् बैठक बोलाउन प्रस्ताव राखेका थिए । तर अन्य दलहरुले लामो समयसम्म विशेष अधिवेशन धकेल्न नहुने भन्दै प्रतिवाद गरेका थिए ।
बैठक सहमतिमा पुग्न नसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक विहीबार नै बोलाउने सहमति भएको छ । त्यसअघि बुधबार सबै दलहरु आन्तरिक छलफल र बैठकमा बस्नेछन् । अब संसद बैठक कहिले बोलाउने भन्नेबारे विहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले नै निर्णय गर्नेछ । त्यसमा फेरि सहमति नजुटे पुनः सर्वदलीय बैठक राखेर संसद् बैठक अघि बढाउने निर्णय भएको छ ।
मंगलबारको बैठकमा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री गुरुङ, काँग्रेसका दलका नेता तथा प्रस्तावित मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीका हरिशरण आचार्य सहभागी भएका थिए ।
बैशाख १५ मा जनमोर्चाका सांसद बेपत्ता भएपछि सभामुख समक्ष जनमोर्चाकी सांसद पियारी थापाले संसद बैठक स्थगित गरी उनका खोजी गर्न निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक भएका बेला जनमोर्चाका खिमविक्रम शाही अनुपस्थित भएपछि एक मत नपुग्ने हुँदा सभामुखले बैठक स्थगित गरेको आरोप एमालेले लगाउँदै आएको छ । सांसद शाही भने पोखराको चरक मेमोरियल अस्पतालमा भेटिएका थिए ।
बैशाख २ गते काँग्रेस, माओवादी र समाजवादीले अविश्वास प्रस्ताव पेश गरेकाले १५ गते मतदान हुने कार्यसूची थियो । विशेष अधिवेशन वैशाख १३ देखि सुरु भएको थियो । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ कै मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गराएका थिए ।
वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन बुझाए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्रवान गरेका हुन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?