पोखरा – कोरोना संक्रमणका पोखरामा दुई जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा स्याङ्गजा र पर्वत जिल्लाका संक्रमित छन्।
गत वैशाख १८ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका -११ का ५० वर्षीय पुरुषको मंगलबार राति ९ :५० बजेको समयमा मृत्यु भएको छ। निमोनियाका समेत विरामी रहेका उनको उपचारको क्रममै मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका -७ निवासी ८४ वर्षीय संक्रमित पुरुषको मंगलबार राति ८:१५ बजेको समयमा मृत्यु भएको छ।
मंगलबारनै कोरोना पुष्टि भएपश्चात उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा ज्यान गएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३७ पुगेको छ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका