गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

MukhyaMantri-PS-Grg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकाे पीसीआर रिपाेर्ट पाेजिटिभ आएकाे छ ।

मंगलबार आरडीटी परीक्षणमा पाेजिटिभ देखिएपछि उनकाे स्वाब संकलन गरिएकाे थियाे । आज आएकाे उनकाे रिपाेर्ट अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । गुरुङको सीटी भ्यालु १७ छ ।

सामान्य टाउकाे दुखेपछि उनलाई संक्रमणकाे आशंका गरिएकाे थियाे । मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू पनि संक्रमित भएका छन् ।

उनी मंगलबार दिनभरजसाे व्यस्त थिए । सभामुखसहितकाे पाँचदलकाे सर्वदलीय बैठकमा पनि सहभागी थिए भने सरूवा तथा संक्रामक राेग अस्पतालमा समेत जानकारी लिन पुगेका थिए ।

मुख्यमन्त्रीकाे स्वास्थ्यवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिएका छन् । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै रहनेछन् । न्याैपाने स्वयं संक्रमित छन् । प्रदेशका ३ सांसद काेराेना संक्रमित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ