बुधबार कास्कीका २९२ सहित गण्डकीमा ५७४ संक्रमित थपिए, दुई जनाको मृत्यु पुष्टि

बुधबार कास्कीका २९२ सहित गण्डकीमा ५७४ संक्रमित थपिए, दुई जनाको मृत्यु पुष्टि

Gandaki-Mapp

पोखरा – पछिल्लो २४ घन्टामा कास्कीका २९२ सहित गण्डकीमा थप ५७४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२९० जनामा गरिएको परीक्षणमा ५७४ जनामा संक्रमण पुष्टि भएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८७७ जनाको परीक्षणमा २९२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज थप भएकासंगै कास्कीमा कोरोना संक्रमितको संख्या १० हजार ७३८ पुगेको छ।

यस्तै, तनहुँका ६० जनाको परीक्षणमा ४४ जना, गोरखाका ७१ जनाको परीक्षणमा ६० जना, लमजुङका १० जनाको परीक्षणमा २ जना र पूर्वी नवलपरासीका ९४ जनाको स्वाब परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

यता, स्याङ्गजाका ४४ जनाको परीक्षण गर्दा २७ जना, पर्वतका ११ जनाको परीक्षण गर्दा ८ जना, बाग्लुङका ६६ जनाको परीक्षण गर्दा ५३ जना, म्याग्दीका ३९ जनाको परीक्षण गर्दा २९ जना र मनाङ जिल्लाका १८ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थप भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २० हजार ४२७ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ३०३१ छ।

पछिल्लो २४ घण्टामा गण्डकीमा ८७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार १५९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई संक्रमितको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका -११ निवासी ५० वर्षीय पुरुष र पर्वत जिल्ला जलजला गाउँपालिका – ७ निवासी ८४ वर्षीय वृद्ध छन्।

मृतकमध्ये स्याङ्गजाका पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठान र पर्वतका संक्रमितको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आज थप भएका मृतकसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ