मनाङको ङिस्याङमा यसरी भित्रियो संक्रमण, आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

मनाङको ङिस्याङमा यसरी भित्रियो संक्रमण, आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

manang-nisyang

मनाङ – हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको ङिस्याङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गाउँपालिका कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको छ।

बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै गाउँपालिकाले अनावश्यक जमघट नगर्न, भिडभाड हुने कार्यक्रम नगर्न तथा नगराउन, अनिवार्य माक्सको प्रयोग गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा जिल्ला बाहिरबाट आउने व्यक्तिले अनिवार्य रुपमा कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्न र कोभिडको शंका लागेमा होम आइसोलेसनमा बसी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ।

गाउँपालिकाको वडा नं -८ मा गत आइतबार ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएकोमा बुधबार सोही गाउँपालिकाको वडा नं -१ , ४, ५ र ९ नं वडाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका सूचना अधिकारी नुमनाथ पाध्यले अध्ययनका लागि काठमाण्डौ तथा पोखराबाट फर्किएका विद्यार्थीमा संक्रमण देखिएको जानकारी दिए।

“अहिले संक्रमण पुष्टि हुनेमा अधिकांश जिल्ला बाहिरबाट आउने विद्यार्थीहरु नै हुन् , तर, संक्रमण स्थानीय स्तरमा पनि फैलँदो छ, पाध्यले गण्डक न्यूज सँग भने।”

उनले जिल्ला बाहिरबाट आउने सवारीका कारण पनि संक्रमण फैलिएको हुनसक्ने दावी गरे ।

यसैलाई मध्यनजर गर्दै जिल्ला बाहिरबाट भित्रनेका लागि अनिवार्य कम्तिमा १० दिन क्वारेन्टाइनमा  बस्न आग्रह गरेका हौँ , पाध्यले स्पष्ट पारे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ