मनाङ – हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको ङिस्याङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गाउँपालिका कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको छ।
बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै गाउँपालिकाले अनावश्यक जमघट नगर्न, भिडभाड हुने कार्यक्रम नगर्न तथा नगराउन, अनिवार्य माक्सको प्रयोग गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा जिल्ला बाहिरबाट आउने व्यक्तिले अनिवार्य रुपमा कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्न र कोभिडको शंका लागेमा होम आइसोलेसनमा बसी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ।
गाउँपालिकाको वडा नं -८ मा गत आइतबार ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएकोमा बुधबार सोही गाउँपालिकाको वडा नं -१ , ४, ५ र ९ नं वडाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाका सूचना अधिकारी नुमनाथ पाध्यले अध्ययनका लागि काठमाण्डौ तथा पोखराबाट फर्किएका विद्यार्थीमा संक्रमण देखिएको जानकारी दिए।
“अहिले संक्रमण पुष्टि हुनेमा अधिकांश जिल्ला बाहिरबाट आउने विद्यार्थीहरु नै हुन् , तर, संक्रमण स्थानीय स्तरमा पनि फैलँदो छ, पाध्यले गण्डक न्यूज सँग भने।”
उनले जिल्ला बाहिरबाट आउने सवारीका कारण पनि संक्रमण फैलिएको हुनसक्ने दावी गरे ।
यसैलाई मध्यनजर गर्दै जिल्ला बाहिरबाट भित्रनेका लागि अनिवार्य कम्तिमा १० दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेका हौँ , पाध्यले स्पष्ट पारे ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन