पोखराका व्यवसायी तथा समाजसेवी व्यक्तित्व कृष्णमान गुभाजुको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको ६१ वर्षको उमेरमा बिहीबार दिउँसो भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
धर्मशिला बुद्ध बिहार पोखरा दायक सभाका निवर्तमान अध्यक्ष, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कोषाध्यक्ष एवं पोखरास्थित कृष कञ्चन ज्वेलर्सका सञ्चालक गुभाजुलाई गत वैशाख १५ गते कोरोना पुष्टि भएको थियो ।
उनले नै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वैशाख साँझ १० गतेदेखि ज्वरो आएको र १५ गते बुधबार पीसीआर चेक गर्दा पोजिटिभ आएको उल्लेख गरेका थिए ।
उनी सामाजिक कार्यमा उत्तिकै सक्रिय थिए । गुभाजु रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष, वर्ल्ड पिस प्यागोडा कमिटीका सचिव, छुनुमुनु पव्लिकशेनका निर्देशक, नेपाल सुनचाँदी डिलर एशोसिएशनका सल्लाहकारसमेत हुन् ।
गुभाजुले राम्रो उपचार नपाएका कारण अल्पायूमै अस्ताउनुपरेको उनका निकट मित्र राजनीतिक विश्लेषक विश्व सिग्देल जनाउँछन् । सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन्: ‘मलाई आज मेरो अत्यन्त प्रिय मित्रको दुःखद निधन सुन्नु परेको छ । हिजो बेलुकासम्म उनी काठमाण्डौका अस्पतालहरुमा बेड खोज्दै भौंतारिएका थिए । उपचार नपाएर मर्नु भनेको कोभिड जिम्मेवार हैन, सरकार जिम्मेवार हो ।’
कवि तीर्थ श्रेष्ठले लेखेका छन्ः
सम्बन्धित खबर
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
महको पकेट क्षेत्र पोखरा १६ का कृषकलाई मौरी घार वितरण
गाँजाखेती र घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने होः गण्डकी मुख्यमन्त्री
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका