एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन् ।
उक्त घटनामा परी ज्यान गुमाउनेमा संखुवासभा खाँदबारी नगरपालिका-६ का अन्दाजी २७ वर्षीय सागर घिमिरे छन्। समाचार संस्था एपीका अनुसार घरमा आगजनी गर्ने र गोलीबारी गर्ने व्यक्ति पनि मारिइसकेका छन्। बाल्टिमोर प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार गोली हान्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन हुन्। उनी सोही ठाउँमा बस्ने गरेको प्रहरीले जनाएको छ। आगजनी र गोली किन चलेको हो भन्ने खुलिसकेको छैन।
चार जना प्रहरीले एभर्टनमाथि गोली चलाएर मारेको एपीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको भिडिओमा एक घरमा आगलागी भइरहेको देखिन्छ। आगलागी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे। उनीहरू दुबै जनाले नेपालमा प्लस टु सकेर अमेरिका गएका थिए।
घिमिरे चार वर्षअगाडि अमेरिका गएका थिए। उनले क्लाफिन युनिभर्सिटीबाट केही समयअघिमात्रै स्नातक सकाएका थिए। सागरकी आमा पनि केही समय अघि नै बितिसकेकी थिइन्। आमाको मुटु रोगका कारण निधन भएको ठूला बुवाका छोरा कुमार घिमिरेले जानकारी दिए। सागर सानै उमेरदेखि कुमारसँग काठमाडौंमा आएर पढेका थिए।

सम्बन्धित खबर
श्रीलंकामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु
अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
आज विश्व रेडक्रस दिवस मनाइँदै
मध्यराति भारत–पाकिस्तान युद्धः १० जनाको मृत्यु
अनलाइन भिडियो कलिङ सेवा स्काइप सधैंका लागि बन्द
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति