पोखरा उद्योग वाणिज्य संघले पोखरा–९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यवस्थापनमा रहेको ‘डोम’लाई आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।
संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कास्कीको बढ्दो संक्रमण र अस्पतालमा बेडको अभाव हुन थालेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत संघले सो निर्णय गरेको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।
‘आवश्यक परे प्रदर्शनी केन्द्रमा रहेको डोमको समुचित उपयोग गरी सो ठाउँलाई आइसोलेसन केन्द्र बनाउन हामी प्रदेश सरकार, पोखरा महानगर तथा स्थानीय प्रशासनसँग अनुरोध गर्दछौँ’, संघको निर्णयमा भनिएको छ,‘संकटको यो घडीमा नागरिकको ज्यान जोगाउने दायित्वप्रति संवेदनशील हुन हामी सरोकारवाला निकायहरुसँग अनुरोध गर्दछौँ ।’
पोखरा महानगरको स्वास्थ्य महाशाखाले सोमबार,बिहीबार र शुक्रबार सो प्रदर्शनी केन्द्रमा नागरिकहरुको निःशुल्क स्वाब संकलन र परीक्षण कार्य गरिरहेको छ ।
यसैगरी, संघले निषेधाज्ञाका कारण उद्योग-व्यवसाय बन्द भएको स्मरण गराउँदै संकटको यो घडीमा कर्जाको ब्याज मिनाहा गर्न, कर्जाको पुनःतालिकीकरण गर्न तथा थप दण्ड र जरिवाना नलाउने व्यवस्थाको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध पनि गरेको छ ।
यता संघले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियानअन्तर्गतको हेल्लो डाक्टर अभियानबाट फाइदा लिन उद्योगी-व्यवसायी तथा आम नागरिकसँग अनुरोध गरेको छ । कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरुलाई लक्षित गरी यो अभियान सुरु गरिएको हो । हेल्लो डाक्टरमार्फत् परामर्श सेवा दिइने यो अभियानमा भाइवरमार्फत् कोभिड संक्रमित विरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिइने छ ।
महासंघले पठाएको पत्रको हवाला दिँदै पोउवा संघले गरेको अनुरोध अनुसार यो सेवा लिनको लागि हाम्रा सदस्य महानुभाव तथा आम नागरिकले बिहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि ११११२११११ भाइवर नम्वरमा म्यासेज गरी नाम दर्ता गराउनु पर्नेछ ।
सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय विरामीलाई पठाइने छ भने त्यसपछि डाक्टरहरूले भिडियो कल मार्फत् विरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनुहुनेछ । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्ने र यो सेवा निःशुल्क हुने पनि पोउवा संघका महासचिव विजुक्छेले जानकारी दिए ।
संघको पदाधिकारी बैठकले संकटको यो घडीमा संयमित बन्न तथा आफू सुरक्षित रहँदै व्यवसाय गर्न आफ्ना सदस्य प्रतिष्ठान तथा आम नागरिकसँग अनुरोध पनि गरेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो