एजेन्सी – भारतको विहार राज्यको बक्सरमा सोमबार स्थानीयहरूले गंगा नदीमा तैरिरहेका दर्जनौं शवहरू फेला परेका छन्।
कतिपय सञ्चारमाध्यमले एक सय वटा शव फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने जनाएका छन्।
उत्तर प्रदेशसँग सीमा जोडिएको उक्त जिल्लाको चौसा गाउँका मानिसहरूले ती शवहरू बग्दैबग्दै महादेवा घाटमा आइपुगेको बताएका छन्। ती शव कोरोना संक्रमणबाट मरेको मानिसको हुन सक्ने भन्दै उनीहरूले स्थानीय प्रशासनलाई खबर गरेका थिए।
स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताए।
तिनलाई अब गाड्ने वा जलाउने उनले बताए। अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन्।
गङ्गा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने एनडीटिभी च्यानलले उल्लेख गरेको छ। बीबीसी
This will close in 3 seconds
सम्बन्धित खबर
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन
अमेरिकामा जनावर र चराको सम्पर्कविनै बर्डफ्लु पुष्टि
हमासले इजरायलबाट १० महिनादेखि बन्धक बनाएका ६ जनाको शव भेटियो
अमेरिकामा भएको मुना पाण्डेको हत्या अभियोगमा बबिसिंह पक्राउ
अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग