पृथ्वीसुब्बा नै फेरि मुख्यमन्त्री बन्ने सम्भावना बढ्यो, कृष्ण थापाले हस्ताक्षर गर्न मानेनन्

पृथ्वीसुब्बा नै फेरि मुख्यमन्त्री बन्ने सम्भावना बढ्यो, कृष्ण थापाले हस्ताक्षर गर्न मानेनन्

ps krishna

तीन दिन अघि राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । अविश्वासको प्रस्तावमा अल्पमतमा पर्ने भएपछि अघिल्लो दिन नै राजीनामा दिएका गुरुङ फेरि ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो ।

यसअघि दुई तिहाई बहुमतको नेतृत्व गरेका गुरुङ अब भने अल्पमतको सरकारको नेतृत्व गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त हुन सक्नेछन् । गण्डकी प्रदेशमा कुनै दलको पनि बहुमत पुग्दैन । गुरुङले २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजसम्म बहुमतको सरकार दाबी गरेर आउन आह्वान गरेकी थिइन् । तर, समय घर्किन लाग्दा समेत राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता समेत रहेका कृष्ण थापाले काँग्रेस माओवादी र जसपा गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेका छैनन् ।

यदि बुधबारसम्म प्रदेश प्रमुख समक्ष दलहरुले बहुमत सदस्यको नामावली र हस्ताक्षर नबुझाए अर्को कोर्स सुरु हुनेछ र ठूलो दलको हैसियतमा नेकपा एमालेकै सरकार बन्नेछ । पार्टीका संसदीय दलका नेता पृथ्वीसुब्बा भएकाले उनी नै मुख्यमन्त्री हुनेछन् ।

कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनले जनमोर्चालाई साथमा लिएर मंगलबार नै दाबी पत्र बुझाउने बताएका थिए । तर दिन सकिन लाग्दा समेत ३ सदस्य रहेको जनमोर्चाको साथ पाउन सकेन । २८ मतका साथ तीन दलीय गठबन्धन सरकार बनाउन अग्रसर बनेको छ । प्रस्तावित मुख्यमन्त्रीमा काँग्रेसका दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल छन् । टुप्लुक्क बुहमत (३१ मत) पुग्न जनमोर्चाका तीन जना नै आवश्यक पर्छ । तर, दलका नेता कृष्ण थापा नै हस्ताक्षर गर्न नमानेका हुन् ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई नै साथ दिने निर्णय गरेका थिए । तर, बाग्लुङे कार्यकर्ताको मनसाय बुझ्दै प्रत्यक्ष निर्वाचित सांसदहरु कृष्ण थापा र खिमविक्रम शाही केन्द्रको निर्णय विरुद्ध अडान लिँदै आएका हुन् । समानुपातिक सांसद समेत रहेकी सचेतक पियारी थापा मात्र काँग्रेस गठबन्धनको सरकारको पक्षमा छिन् । उनले ह्वीप समेत लगाएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ