पोखरा – पछिल्लो २४ घण्टामा गण्डकीका ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी प्रेस विज्ञप्ति अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १५६ पीसीआर परीक्षणमा ६२४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा कास्कीका ३५६ जना, तनहुँका ३७ जना, गोरखाका २५ जना, लमजुङका ३ जना र नवलपुरका ४५ जना छन् ।
यस्तै, स्याङ्गजाका ८६ जना, पर्वतका ६० जना, बाग्लुङका २ जना, म्याग्दीका ८ जनार मुस्ताङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ५०६ पुगेको छ । जसमा ६ हजार ३३ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ११२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार १८५ पुगेको छ।
मंगलबार पनि गण्डकीमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका १२ जनासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८८ पुगेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो