काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण कार्य स्थगित गरिएको छ ।पीसीआर कीट सकिएपछि परीक्षण कार्य स्थगित गरेको र अर्को सूचना जारी नभएसम्म परीक्षण नहुने अस्पतालले जनाएको छ । अस्पतालमा अन्तिमपटक शनिबार पीसीआर परीक्षण गरिएको थियो ।
तर परीक्षणका लागि चाहिने रिएजेन्ट किट सकिएकाले परीक्षण रोकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सो किटको व्यवस्था कति दिनमा हुन्छ भन्ने यकिन गर्न नसकिएको अस्पताल स्रोतको भनाई छ । पीसीआर परीक्षण स्थगित गरिँदा पर्न जाने असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।
नेपाल मेडिकल कलेजले भन्यो, ‘अक्सिजन छैन, बिरामी लैजानुहोस्’
नेपाल मेडिकल कलेजले अक्सिजन अभाव भएको कारण कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको छ ।
अस्पतालद्वारा जारी सूचनामा आफ्नो बिरामीको जिम्मा आफै लिन समेत आग्रह गरिएको छ । अक्सिजनको अभाव हुँदा उपचाररत संक्रमितहरुलाई थप उपचार गर्न नसकिने जानकारी दिँदै बिरामीका आफन्तलाई आफ्नो व्यवस्था आफै गर्न भनेको छ ।
मेडिसिटीले भन्यो, ‘कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन सक्दैनौँ’
नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
आजको मौसम पूर्वानुमान
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
पशुपति क्षेत्रमा आजदेखि मासु तथा मदिरा प्रयोगमा रोक
भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्वारा कार्यक्रमको उद्घाटन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका