पोखरा – पछिल्लो २४ घण्टामा गण्डकीमा थप ९४१ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार आज गण्डकीका ८२३ पीसीआर र ११८ एन्टिजेन परीक्षण ९४१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा कास्कीका २५१ जना, तनहुँका ११ जना, गोरखाका ८१ जना, लमजुङका १ जना र नवलपुरका ६८ जना छन् ।
यस्तै स्याङ्गजाका १६८ जना, पर्वतका ३१ जना, बाग्लुङका २३५ जना, म्याग्दीका ४० जना, मुस्ताङका २७ जना र मनाङ जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ४४७ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २७४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ४५९ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा थप १६ जनाको मृत्यु पुष्टि भएको छ । जुन आजसम्मकै रेकर्ड ब्रेक हो ।
आज मृत्यु पुष्टि भएकामा पोखराका विभिन्न अस्पतालमा उपचाररत १५ जना र धौलागिरी अस्पताल बाग्लुङमा उपचाररत एक जना छन् ।
मृतकहरु मध्ये कास्कीका सात जना, तनहुँका तीन जना, म्याग्दीका तीन जना, गोरखाका एक जना, बाग्लुङका एक जना र दाङ जिल्ला लमही गाउँपालिका -५ घर भै हाल पोखरामा उपचाररत एक जना संक्रमित छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३०४ पुगेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य