गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङले सपथ लिँदै छन् । बहुमतको सरकार गठन गर्ने प्रतिपक्षी दलहरुको प्रयास असफल भएसँगै विद्यमान ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङले नै मुख्यमन्त्री बनेका हुन् ।
नेकपा विभाजित नरहँदा दुई तिहाई बहुमतको साथ नेतृत्व गरेका गुरुङको सरकार माओवादी छुट्टिएपछि राष्ट्रिय जनमोर्चाका ३ सांसदले अडिएको थियो । जनमोर्चाले पनि साथ नदिने निर्णय गरेपछि अश्विासको प्रस्तावको छिनोफाने हुने अघिल्लो दिन वैशाख २६ गते नै राजीनामा दिएका थिए ।

त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनको समय दिएर दुई वा दुई बढी दल मिलेर बहुमतको सरकार बनाउन समय दिएकी थिइन् । यो समयमा प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राजमोले बहुमत जुटाउन सकेन । यसमा राजमोका सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीको भूमिका रह्यो । दुई जनाकै कारण मुख्यमन्त्रीमा काँग्रेसका दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सकेनन् भने कामचलाउ हैसियतमा रहेका पृथ्वीसुब्बा पुनः कुर्सीमा फर्किएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार उनले दोस्रोपटक मुख्यमन्त्री बन्ने सौभाग्य पाएका हुन् । अहिले गुरुङ कोरोना संक्रमित छन् । होम आइशोलेसनमा रहेका गुरुङलाई प्रदेश प्रमुख पौडेलले स्वास्थ्य सर्तकताका साथ सपथ गराउने तयारी भइरहेको छ ।
विश्वासको मत लिन भने सकस, यही अवस्था रहे प्रदेशसभा विघटन
ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गर्दै गुरुङ मुख्यमन्त्रीमा दोहोरिएपनि उनलाई विश्वासको मत लिन भने सकस हुनेछ । संविधानअनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । यदि राष्ट्रिय जनमोर्चा पार्टीका २ सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीले आज विज्ञप्ती जारी गरेझैं तटस्थ नै बसिदिएमा उनी विश्वासको मत लिनबाट चुक्नेछन् । त्यसपछि संसदमा अरु विकल्प रहनेछैन र प्रदेशसभा स्वतः विघटन हुनेछ । छ महिनाभित्र मध्यावधि निर्वाचन गरिसक्नुपर्नेछ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला