पृथ्वीसुब्बा फेरि गण्डकीका मुख्यमन्त्री, बहुमत जुटाउन सकेन विपक्षीले

पृथ्वीसुब्बा फेरि गण्डकीका मुख्यमन्त्री, बहुमत जुटाउन सकेन विपक्षीले

prithvi_subba_gurung_

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङले सपथ लिँदै छन् । बहुमतको सरकार गठन गर्ने प्रतिपक्षी दलहरुको प्रयास असफल भएसँगै विद्यमान ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङले नै मुख्यमन्त्री बनेका हुन् ।

नेकपा विभाजित नरहँदा दुई तिहाई बहुमतको साथ नेतृत्व गरेका गुरुङको सरकार माओवादी छुट्टिएपछि राष्ट्रिय जनमोर्चाका ३ सांसदले अडिएको थियो । जनमोर्चाले पनि साथ नदिने निर्णय गरेपछि अश्विासको प्रस्तावको छिनोफाने हुने अघिल्लो दिन वैशाख २६ गते नै राजीनामा दिएका थिए ।

त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनको समय दिएर दुई वा दुई बढी दल मिलेर बहुमतको सरकार बनाउन समय दिएकी थिइन् । यो समयमा प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राजमोले बहुमत जुटाउन सकेन । यसमा राजमोका सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीको भूमिका रह्यो । दुई जनाकै कारण मुख्यमन्त्रीमा काँग्रेसका दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सकेनन् भने कामचलाउ हैसियतमा रहेका पृथ्वीसुब्बा पुनः कुर्सीमा फर्किएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार उनले दोस्रोपटक मुख्यमन्त्री बन्ने सौभाग्य पाएका हुन् । अहिले गुरुङ कोरोना संक्रमित छन् । होम आइशोलेसनमा रहेका गुरुङलाई प्रदेश प्रमुख पौडेलले स्वास्थ्य सर्तकताका साथ सपथ गराउने तयारी भइरहेको छ ।

विश्वासको मत लिन भने सकस, यही अवस्था रहे प्रदेशसभा विघटन

ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गर्दै गुरुङ मुख्यमन्त्रीमा दोहोरिएपनि उनलाई विश्वासको मत लिन भने सकस हुनेछ । संविधानअनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । यदि राष्ट्रिय जनमोर्चा पार्टीका २ सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीले आज विज्ञप्ती जारी गरेझैं तटस्थ नै बसिदिएमा उनी विश्वासको मत लिनबाट चुक्नेछन् । त्यसपछि संसदमा अरु विकल्प रहनेछैन र प्रदेशसभा स्वतः विघटन हुनेछ । छ महिनाभित्र मध्यावधि निर्वाचन गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds