पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ सात गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकलाई रोक लगाइएको छ ।
यस्तै अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, पशुपंक्षीका दाना बोकेका सवारी साधन, विद्युत्, दूरसञ्चार, सञ्चारकर्मीका सवारी साधन, फोहरमैला व्यवस्थापन, चिकित्सकका जाने आउने सवारी साधन, स्वास्थ्य सेवाका सामग्री बोकेका साधन र आफै उपस्थित भएर गर्नुपर्ने मृत्यु संस्कारका कार्य भने गर्न पाइने छ ।
कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न रोक लगाइएको छ । यस्तै परम्परागत रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक कुनै पनि धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न रोक लगाइएको छ ।
कुनै पनि प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ । होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने छ । त्यो सम्भव नभए न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्न पाइने छ। स्वाथ्य संस्था तथा औषधि पसल २४ घण्टा खोल्न पाइने छ भने खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु (माछामासु,फलफूल, तरकारी, खाद्यान्न) लगायतका व्यवसायीक प्रतिष्ठान विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नुपर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारवाही हुने जनाइएको छ ।


सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा