कोरोना संक्रमणकै अवस्थामा मुख्यमन्त्रीको पहिलो निर्णय : कोभिड कोषमा ४ करोड

कोरोना संक्रमणकै अवस्थामा मुख्यमन्त्रीको पहिलो निर्णय : कोभिड कोषमा ४ करोड

ps-3

तस्वीर सौजन्यः युनिश गुरुङ

नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सपथ ग्रहण लगत्तै पदभार सम्हालेका छन् । मुख्यमन्त्री निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

आफै कोरोना संक्रमित रहेका उनले गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गरे । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए ।

ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् ।

काँग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । गण्डकीमा एमाले र यी ४ दलसहित ५ दल संसदमा अस्तित्वमा छ । एमालेबाहेक सबै एकातिर उभिँदा टुप्लुक्क बहुमत ३१ मत पुग्ने थियो । तर राष्ट्रिय जनमोर्चाको तर्फबाट एकजनाको हस्ताक्षर भएन । समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर नहुँदा काँग्रेसका कृष्णचन्द्र नेपालीको मुख्यमन्त्री बन्ने सपना तुहिएको हो ।

विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो । तर, राजमोका सांसद कृष्ण थापाले आफ्नो विमति रहेको भन्ने पत्र दर्ता गरेपछि प्रदेश प्रमुखले पुनः एमालेलाई नै सरकार गठनका लागि आह्वान गरकी हुन् । र, बहुमतको सरकार गठन गर्ने प्रतिपक्षी दलहरुको प्रयास असफल भएसँगै विद्यमान ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ