बिहीबार कास्कीमा ९ सहित गण्डकीमा एकैदिन १४ जनाको मृत्यु पुष्टि, ५०६ संक्रमित थपिए

बिहीबार कास्कीमा ९ सहित गण्डकीमा एकैदिन १४ जनाको मृत्यु पुष्टि, ५०६ संक्रमित थपिए

corona

पोखरा – कारण कास्कीका २१० सहित गण्डकीमा थप ५०६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार तीन जनाको नमुना परीक्षणमा थप ५०६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४७८ जनाको परीक्षण गर्दा २१० जना, तनहुँका ८७ जनाको परीक्षण गर्दा २७ जना, गोरखाका ६ जनाको परीक्षण गर्दा २ जना, लमजुङका ८ जनाको परीक्षण गर्दा २ जना र नवलपुरका ११२ जनाको परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, स्याङ्गजाका ३३ जनाको परीक्षण गर्दा १६ जना, पर्वतका २३ जनाको परीक्षण गर्दा ११ जना, बाग्लुङका २०२ जनाको परीक्षण गर्दा ११९ जना र म्याग्दी जिल्लाका ५४ जनाको परीक्षण गर्दा २८ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ९५३ पुगेको छ । जसमा ७ हजार ३१ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १४५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ६०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका मध्ये ८ जना कास्कीको पोखरा महानगरपालिकाका, एक जना दाङ जिल्ला घर भइ हाल पोखरामा उपचारत छन् भने,  बाग्लुङ जिल्लाका ४ जना र एक जना म्याग्दी जिल्लाका छन्।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३१८ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ