कास्कीका १० सहित गण्डकीमा एकैदिन २३ जनाको मृत्यु पुष्टि, थप ६८० जनामा संक्रमण

कास्कीका १० सहित गण्डकीमा एकैदिन २३ जनाको मृत्यु पुष्टि, थप ६८० जनामा संक्रमण

corona

पोखरा ।  पछिल्लो २४ घण्टामा गण्डकीमा ६८० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गण्डकीका १७५८ जनाको नमुना परीक्षण गर्दा ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३०६ जना, तनहुँका २७ जना, गोरखाका ७४ जना, लमजुङका ४६ जना र नवलपुरका ८७ जना छन् ।

यस्तै, स्याङ्गजाका २३ जना, पर्वतका ६१ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका ५२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २६ हजार ६३३ पुगेको छ । जसमा, ७ हजार २५७ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ३५ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना संक्रमितको मृत्यु दरमा रेकर्ड ब्रेक भएको छ ।

जारी विज्ञप्ति अनुसार आज कोरोना पुष्टि भइ थप २३ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु मध्ये २२ जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने, एक जनाको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा ज्यान गएको हो।

आज मृत्यु पुष्टि हुनेहरु कास्की जिल्ला पोखरा महानगरपालिकाका ९ जना, रुपा गाउँपालिकाका एक जना, पाल्पा जिल्ला घर भइ हाल पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना, स्याङ्गजाका ६  जना, बाग्लुङका तीन जना छन् भने, तनहुँ जिल्लाका तीन जना छन्।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४१ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ