पोखरामा अब कडाई ! विना काम नहिँड्नुहोस्, मध्यान्हसम्म ८ सय जना कारबाहीमा परे

पोखरामा अब कडाई ! विना काम नहिँड्नुहोस्, मध्यान्हसम्म ८ सय जना कारबाहीमा परे

Pokhara Scene 2

तस्वीरः विपिन दाहाल

पोखरा । कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

शनिबारबाट थप गरिएको निषेधाज्ञामा प्रशासनले कडाइ गरेको छ । अनावश्यक हिँडडुल गर्ने झन्डै ८ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना काम हिड्ने तथा कार्यस्थलमा जान हिँडेका मजुदरलाई समेत रोक लगाइएको छ ।

प्रशासनले शानिबारदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने आदेश जारी गरेकाले कार्यस्थलमा जान हिडेँका व्यक्तिलाई समेत रोक लगाइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले बताए ।

पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेश र कोरोना संक्रमणको जोखिमको बारेमा सम्झाएर पठाइएको उनको भनाइ छ । त्यसबाहेक अनावश्यक हिडडुल गर्ने पैदल यात्री तथा साइकल यात्रीलाई होल्ड गराएर चेतावनी दिइएको श्रेष्ठले बताए । मध्यान्हसम्म ८ सय बढी कारबाहीमा परिसके । मर्निङ वाक, इभिनिङ वाक नगर्न समेत सचेत गराइएको छ ।

स्थिति भयावह हुन नदिन वैशाखसम्म जारी गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख महिना भरसम्मका लागि समय थपिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ