गण्डकीमा रेकर्ड ब्रेक : पोखरामा ९ सहित प्रदेशभर २८ जनाको मृत्यु पुष्टि

गण्डकीमा रेकर्ड ब्रेक : पोखरामा ९ सहित प्रदेशभर २८ जनाको मृत्यु पुष्टि

corona-dead

पोखरा ।  पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७७७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार आज गण्डकीका १ हजार ६५२ जनामा गरिएको परीक्षणमा थप ७७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि  भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३८७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका २६ जना र नवलपुरका २४ जना छन्।

यस्तै, स्याङ्गजाका ६१ जना, पर्वतका ९२ जना, बाग्लुङका ९९ जना, म्याग्दीका १२ जना, मुस्ताङका १ जना र मनाङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २८ हजार १८२ पुगेको छ, जसमा ८ हजार ३३ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशभर कोरोनामुक्त हुनेको संख्या १९ हजार ७६६ पुगेको छ।

आइतबार गण्डकीमा सर्वाधिक २८ जनाको मृत्यु पुष्टि भएको छ । गण्डकीमा यो संख्या अहिलेसम्मकै उच्च हो ।

आज मृत्यु पुष्टि हुनेमा कास्कीका ९ जना, तनहुँका ३ जना, स्याङ्गजाका ७ जना, बाग्लुङका २ जना, नवलपुरका २ जना, लमजुङका २ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र मुस्ताङ जिल्लाका १ जना छन्।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ