भारतले सार्वजनिक गर्‍याे काेरोना विरुद्धको ‘औषधि’

भारतले सार्वजनिक गर्‍याे काेरोना विरुद्धको ‘औषधि’

corona_medicine

भारतले कोरोना भाइरविरुद्धको औषधि तयार गरेको दाबी गरेको छ। उक्त औषधि’ सार्वजनिक पनि गरेको छ। यो औषधि भारतमा कोभिड–१९ का बिरामीको लागि पहिलो भएको दाबी गरिएको छ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार बिहान २–डीजी नामक औषधि सार्वजनिक गरेका हुन। रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले तयार पारेको औषधि सिंहले स्वास्थ्यमन्त्री हर्ष वर्धनलाई हस्तारण गरेका छन्।

भारतमा २–डीजीलाई आपतकालिन प्रयोग अनुमति दिइएको जनाइएको छ। यो औषधि डीआरडीओ कोभिड–१९ अस्पतालमा भर्ना भएका विरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। औषधि सार्वजनिक गर्दै गृहमन्त्री सिंहले भने, “मलाई के बताइएको छ भने यो औषधिको प्रयोगबाट कोरोनाका बिरामी साढे दुई दिन छिटो निको हुने गरेका छन्।”

त्यस्तै, यसले अक्सिजनको निर्भरता पनि कम हुने उनले बताए। यसको परीक्षणमा संलग्न विज्ञहरूको भनाइ उद्धृत गर्दै सिंहले भने, “यो औषधि प्रयोग गर्दा अक्सिजनको निर्भरता ४० प्रतिशत घटाएको छ।”

यो औषधि धुलोको रुपमा रहेको छ। आपतकालिन प्रयोगका लागि भएकाले तत्काल बजारमा खरिदबिक्री भने हुनेछैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ