पोखरा महागनरपालिकाको पहिलो कार्यापालिका बैठकको निर्णय थियो महागनरको नयाँ भवन निर्माण गर्ने । बैठकले अहिले भैरहेको कार्यालय साँघुरो भएको भन्दै नयाँ भवन बनाउने निर्णय गर्यो ।भवनका लागि जग्गा खोजी गर्ने निर्णय समेत भयो । पोखरा महानगरपालिकाको कार्यालय वडा नम्बर १२ स्थित पशु सेवा कार्यालय रहेको ठाउँमा सार्ने निर्णय समेत भयो ।
पशु सेवा कार्यालयको ९९ रोपनी क्षेत्रफल रहेको सो जग्गामा महानगरको कार्यालय बनाउने निर्णय कार्यापालिका निर्णय भयो । निर्णय भएसंगै संघीय सरकारको कृषि तथा पशुपन्छि मन्त्रालयमा लविङ सुरुभयो । गण्डकी प्रदेश सरकार मार्फत संघीय सरकारमा जग्गा प्राप्तिका लागि फाइल पठाइयो । फाइल एक वर्षसम्म प्रदेशमा अड्कियो । त्यसपछि केन्द्र सरकारमा पुग्यो । त्यहाँपनि लामो समय अड्कियो । घनश्याम भुषाल कृषिमन्त्री हुदाँ महानगर प्रमुख मानबहादुर जिसीले भेटेर जग्गा प्राप्ति मन्त्रीपरिषद् बैठकमा लैजान अनुरोध गरे । मन्त्री भुषालले जग्गा हेरेर निर्णय गर्ने बताए । तर त्यो फाइल अड्कियो ।
९९ रोपनीको जग्गा पछिल्लो समय २२ रोपनी पाउने पक्का भयो । पोखरा महानगरको भवन यहि जेठ १४ गते शिलान्यास गर्ने तयारी भैरहेको छ । पोखराको माटेपानीमा रहेको पशु कार्यालयको जग्गामा बनाउने गरी जेठ १४ गते शिलान्यासको तयारी भैरहेको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।
‘२२ रोपनी जग्गामा तीन वटा भवन बनाइने छ । वीचमा महानगर प्रमुख र उपप्रमुखको कार्यालय र दायाँ र बायाँ अन्य कार्यालय भवन बनाइने छ । महानगरका लागि यो बाहेक अरु उपयूक्त जग्गा देखिएन’ – महानगर प्रमुख जिसीले भने, ‘महानगरको मुख्य कार्यालय यहाँ बन्ने छ । केही शाखाहरु न्यूरोडस्थित पुरानो दमकल कार्यालय हाल शहरी स्वास्थ्य सहरी केन्द्र रहेको स्थानमा रहने छ ।’ मुख्य कार्यालय रहने माटेपानीमा अन्डर ग्राउण्ड पार्किङ सहितको भवन बनाउने योजना सहित शिलान्यास गरिने भएको छ ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा वडा नम्बर १ की वडाध्यक्ष शारदा पराजुली र वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला सदस्य रहेको समितिले गरेको अध्ययनमा पशु सेवा कार्यालयको जग्गा, नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र वा नयाँबजारस्थित प्रदर्शनी केन्द्र मध्ये कुनै एक ठाउँमा भवन बनाउन सुझाएको थियो ।
सोहि समितिले दिएको प्रतिवेदनको आधारमा सबैभन्दा उपयुक्त पशु सेवा कार्यालयको जग्गा भएको निश्कर्षसहित त्यसैमा महानगरको कार्यालय बनाउने निर्णय भएको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ