बारामा घाँटी रेटिएको अवस्थामा दुई बालकको शव फेला

बारामा घाँटी रेटिएको अवस्थामा दुई बालकको शव फेला

Hatyaa

सांकेतिक तस्विर

कलैया।  बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

मंगलबार बिहान कलैया उपमहानगरपालिका-७ रंगपुरस्थित बन्दै गरेको मदरसाको एक कोठामा दुई जना बालकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले सोमबार बेलुका ७ बजे घरबाट निस्किएर बेपत्ता रहेकका उनीहरु बिहान घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जानकारी दिए ।

मृतक बालकहरु सोही स्थान बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमान अन्सारी हुन् । अहिले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ