पोखरा । मंगलबार कास्कीका ४१७ सहित गण्डकीमा थप ९५९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३५ जनामा गरिएको नमुना परीक्षणमा एकैदिन थप ९५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि भएका जिल्लामा कास्कीका ४१७ जना, तनहुँका ११२ जना, गोरखाका ३५ जना, लमजुङका ८ जना र नवलपुरका ७६ जना छन् ।
यस्तै, स्याङ्गजाका ८६ जना, पर्वतका ७४ जना, बाग्लुङका १२३ जना, म्याग्दीका २७ जना र मुस्ताङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार पुगेको छ।
गत २४ घण्टामा गण्डकीबाट ४२९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ।
अहिले प्रदेशमा ९ हजार १८० सक्रिय संक्रमित छन् , उनीहरु मध्ये ८ हजार ९०९ जना होम आइसोलेसनमा बसेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप २२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका