अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी) को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ ।
मौसमविद शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । ‘आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,’ मौसमविद कँडेलले भनिन्, ‘बागमती प्रदेशमा आज चाहिँ भारी वर्षा हुँदैन तर भोलिको हकमा बागमती क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।’
दुई दिन देशभर सतर्कता अपनाउन आग्रह
ताउ ते चक्रवात उत्तर–उत्तर पूर्व सर्ने क्रममा छ । उत्तर–उत्तर पूर्व सर्ने क्रममा नेपालको पश्चिमी क्षेत्र नजिक पर्ने भएकाले पूर्वी नेपालको तुलनामा पश्चिम नेपालका जिल्लाहरुमा बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।
चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म आरोहण नगर्न आग्रहसहित यसअघि नै विशेष बुलेटिन जारी गरेको थियो ।
चक्रवातको प्रभावले वर्षा हुँदा बाढी पनि आउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम