पोखरा जेसीजले कोरोनाको यो महामारीको समयमा संक्रमित तथा बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले एम्बुलेन्स सेवाका लागि जीप प्रदान गरेसँगै जेसीजले एम्बुलेन्स सेवा सुरु गरेको हो ।
पोखरा जेसीजका अध्यक्ष किरण केसीलाई प्रालिका अध्यक्ष ध्रुव बहादुर थापाले बुधबार जेसीजको सचिवालय पुरानोधारामा एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । फोर्स मोटर्सको जीप सहयोग मिलेसँगै पोखरा तथा आसपासका क्षेत्रमा एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने अध्यक्ष केसीले बताए ।
सो अवसरमा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आगामी दिनमा महानगर जेसीजसंग समेत सहकार्य गरी अगाडि बढ्ने बताए । यो महामारीको समयमा केहि भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत सवारी साधन उपलब्ध गराएको थापाले बताए ।
यस अगाडि प्रालिले २ वटा जीप नेपाली काँग्रेस कास्कीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न हस्तान्तरण गरिसकेको छ । यी जीपहरु कोरोनाको महामारीको समयभित्र यी संस्थाहरुले सामाजिक कार्यमा प्रयोग गर्न पाउनेछन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको संयोजक मिनराज खड्का थिए ।

एम्बुलेन्स आवश्यक परेको खण्डमा निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।
आकस्मिक रक्तदानमा १४ युनिट संकलन
यसैबीच, कोरोना महामारीको अवस्थालाई मध्येनजर गर्दै पोखरा जेसीजले सामाजिक सेवाभावका साथ आज आयोजना गरेको रक्तदान कार्यक्रममा १४ युनिट संकलन भएको छ । रक्तअभावको अवस्थालाई ख्याल गरेर आकस्मिक रुपमा रक्तदान गरिएको संयोजक सञ्जय पौडेलले जनाए । उनले रक्तदान कार्यक्रम रक्तसंचार केन्द्र पोखराको सहकार्यमा पोखराका विभिन्न स्थानमा मोबाइल गाडी लिएर अभियानकै रुपमा सञ्चालन गर्ने पनि बताए ।
प्रमुख अतिथि पोखराका मेयर मानबहादुर जिसीले अध्यक्ष किरण केसी र संयोजक सञ्जय पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । मेयर जिसीले सामाजिक भावनाले ओतप्रोत भएका युवा मनहरु यसरी सक्रिय भएकोमा खुशी व्यक्त गर्दै जेसीजलाई धन्यवाद दिए ।

खड्काको संयोजकत्वमा टास्क फोर्स गठन
कोभिड महामारीमा जेसिसको मन्त्र मानवताको सेवा अन्तर्गत मिनराज खड्काको संयोजकत्वमा ‘पोखरा जेसिस टास्क फोर्स’ समेत गठन गरिएको छ । समस्यामा परेका पीडित नागरिकको उद्धार तथा व्यवस्थापनमा यो फोर्स क्रियाशील रहनेछ ।
पोखरा जेसीजका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव भाइराज रानामगरले गरेका थिए ।

पोखरा जेसीजको सामाजिक कार्यमा सघाउन अनलाइन मिडिया पार्टनरमा गण्डकन्यूजले सहकार्य गरिरहेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?