संघ सरकार मातहत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।
प्रदेश सरकारको आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको मन्त्री रामशरण बस्नेतले बताए । मन्त्री बस्नेतले भने – ‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन संघलाई सिफारिस गरिएको छ।’
चार सय बेडको अस्पताल प्रदेशकै ठूलो अस्पताल हो । अहिले अस्पतालमा ५० बेडमा मात्रै कोभिडका बिरामी राखेर उपचार भइरहेको छ । यो बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई नै चयन गरेको छ ।
विनाविभागीय मन्त्रीलाई भोलि जिम्मेवारी
आज नियुक्त भएका ५ जना मध्ये ३ जना मन्त्रीले कुनै मन्त्रालयकाे जिम्मेवारी पाएनन् । तीन मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले मन्त्रालयकाे जिम्मेवारी पाएका छैनन् । किरण गुरुङले अर्थ र राजीव गुरुङले युवा तथा खेलकुद मन्त्रीकाे जिम्मेवारी पाएका छन् ।
पहिलो बैठकमा यसबारे कुरा नभएको र भोलि नै जिम्मेवारी पाउनेमा प्रवक्ता बस्नेत ढुक्क देखिए । मन्त्रालयकाे जिम्मेवारी पाएका किरण गुरुङले आजै कार्यभार सम्हालेका छन् भने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ काठमाण्डाैंमा भएकाले सपथ खान पाएका छैनन् ।
राजनीतिक सल्लाहकार नेपाली हटाएर अधिकारी
मुख्यमन्त्री गुरुङले राजनीतिक सल्लाहकार फेरेका छन् । उनले लमजुङ सुन्दरबजारका डा. भीष्म अधिकारीलाई नियुक्त गरेका छन् । सल्लाहकार अधिकारी संविधान सभा सदस्य हुन् । अधिकारीको नियुक्ति सँगै यसअघिका सल्लाहकार गोविन्दबहादुर नेपाली पदमुक्त भएका छन् । नेपाली नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव छन् ।
याेजना आयाेजका उपाध्यक्षमा डा. गिरधारी शर्मा पाैडेललाई नियुक्त गरेकेा छ । त्यस्तै, आयाेगका सदस्यमा विष्णु बराल नियुक्त भएका छन् ।
गण्डकीमा मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए सपथ, मनाङे अनुपस्थित
गण्डकीमा मन्त्रीहरूको शपथमा सभामुख र विपक्षी दलका नेता गएनन्
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु