पोखरा । पोखराको बेगनासतालमा शनिबार एक युवकको शव फेला परेको छ। शुक्रबार पनि एक पुरुष बेगनासतालमै मृत भेटिएका थिए ।
पोखरा महानगरपालिका –२६ जलधारे बस्ने ३१ वर्षीय निराजन ढुंगाना शुक्रबारदेखि परिवारसँग बेखबर रहेकोमा खोजीकार्य गर्ने क्रममा आज बिहान बेगनासतालमा शव फेला परेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
निराजन शुक्रबार अन्दाजी साढे चार बजेको समयमा ग १९ प ६१८८ नम्बरको स्कुटर लिएर घरबाट निस्किएका थिए । अबेरसम्म घर नफर्किएपछि परिवारले सम्पर्कबिहिन भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
मृत अवस्थामा फेला परेका उनको शवको आवश्यक मुचुल्का तयार पारी घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाइएको सिलवालले जानकारी दिए ।
हिजो बिहान मात्रै बेगनासतालमै एक पुरुष मृत भेटिएका थिए । शुक्रबार बिहान अन्दाजी ८ः४५ बजेको समयमा पोखरा महानगरपालिका –३१ बेगनास तालको किनारमा पोखरा –३१ पण्डितथर बस्ने ४२ वर्षीय राजु प्रसाद भुर्तेलको शव फेला परेको थियो ।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ
राष्ट्रिय युवा संघ गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’, कास्की इञ्चार्जमा विक्रम
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका