काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले जन्मसिद्ध नागरिकता पाएकाको सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी हुन् ।
‘२०७३ असोज ३ गतेभन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहनेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ अध्यादेशमा भनिएको छ ।
अध्यादेशमा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भएको, नपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको अवस्थामा पनि वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरिएको उल्लेख छ ।
६७ लाख नेपालीले नागरिकता पाउने
नागरिकतासम्बन्धी कानुन संसदमा विचाराधीन हुँदा ६७ लाख १४ हजार नागरिक नागरिकता पाउनबाट वञ्चित भएको महिला कानुन र विकास मञ्चको अध्ययनमा उल्लेख थियो । मञ्चले २०७२ मा अध्ययन गर्दा नेपालमा नागरिकता नभएकाको संख्या ४६ लाख थियो । २०७८ सालसम्म यो संख्या ६७ लाख १४ हजार पुग्ने त्यस अध्ययनको निष्कर्ष थियो ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा २२ साउन २०७५ मा दर्ता गरिएको थियो । त्यस विधेयक २८ साउनमा प्रतिनिधिसभामा पेस भएको थियो । सदनमा सामान्य छलफल गरेर २९ गते राज्य व्यवस्था समितिमा पठाइएको थियो । प्रतिनिधिसभाबाट भने विधेयक अघि बढ्न सकेको थिएन । नागरिकतासम्बन्धी विधेयकमा एमाले र माओवादी केन्द्रले विरोध जनाइरहेका थिए ।
हाल जनता समाजवादी पार्टीले नागरिकता ऐन संशोधन नभएसम्म ओली नेतृत्वको सरकारलाई समर्थन नजाउने चेतावनी दिएपछि सरकारले नागरिकता ऐन २०६३ लाई संशोधनका लागि अध्यादेश ल्याएको हो ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”73369″ /]
नागरिकता सम्बन्धी अध्यादेशको महन्थ ठाकुरद्वारा स्वागत
राष्ट्रपति भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यसको स्वागत गरेका छन् ।
अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी त्यसको स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षौँ प्रतिक्षा पछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं ।’
त्यसैगरि जनकपुरमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् । उनीहरुले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नारा पनि लगाएका छन् । अध्यक्ष ठाकुर र नेता महतोको अडानका कारण जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने भयो भन्दै खुसीयाली मनाएका छन् ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
आजको मौसम पूर्वानुमान
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
पशुपति क्षेत्रमा आजदेखि मासु तथा मदिरा प्रयोगमा रोक
भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्वारा कार्यक्रमको उद्घाटन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका