सोमबार कास्कीका २६३ सहित गण्डकीमा थप ७४४ जनामा कोरोना पुष्टि, ६५३ जना संक्रमणमुक्त

सोमबार कास्कीका २६३ सहित गण्डकीमा थप ७४४ जनामा कोरोना पुष्टि, ६५३ जना संक्रमणमुक्त

corona-Update

पोखरा – पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७४४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज गण्डकीका १ हजार ७३४ जनामा गरिएको नमुना परिक्षणमा थप ७४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका २६३ जना, तनहुँका १०४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १३३ जना र स्याङ्गजाका ८८ जना छन्।

यस्तै, पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङका दुई जना र मनाङ जिल्लाका दुई जना छन्।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३५ हजार ३२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा ६५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २४ हजार ४२० पुगेको छ।

सोमबार पनि गण्डकीमा थप २० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना, तनहुँका दुई जना, स्याङ्गजाका छ जना, पर्वतका चार जना, बाग्लुङका चार जना र मुस्ताङ जिल्लाका एक जना छन्।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५१ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ